काठमाडौं- कोरोना भाइरस संक्रमण भएका मध्ये ४७.२ प्रतिशत बिरामी निकाे भएर घर फर्किएका छन्।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संंख्या २५३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बुधबारसम्म संक्रमणमुक्त हुनेको संख्या ७,७५२ छ।
यस्तै ८,६३६ जना संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा बताए। आजसम्म नेपालमा काेराेना संक्रमितको संख्या १६,४२३ पुगेको छ।
