मंगलबार, भदौ ९, २०८३

आज २५५ जनामा कोरोना पुष्टि, २५३ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसहित हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १६ हजार ४२३ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ४ हजार ६९६ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

हालसम्म नेपालमा ७ हजार ७५२ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जसमध्ये पछिल्लो २४ घण्टामा २५३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभरका विभिन्न क्वारेन्टिनमा २५ हजार ४० जना रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेका व्यक्तिको संख्या ८ हजार ६३६ छ।

नेपालमा अहिलेसम्म ३५ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।

प्रकाशित: Jul 08, 2020| 16:28 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।