मंगलबार, भदौ ९, २०८३

संसदीय समितिको निर्देशन- ट्याक्सी चलाउन दिनू

प्रतिनिधिसभाको संसदीय समितिले ट्याक्सी सञ्चालनका लागि अनुमति दिन सरकारलाई निर्देशन दिएको छ।
 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

काठमाडौं- प्रतिनिधिसभाको संसदीय समितिले ट्याक्सी सञ्चालनका लागि अनुमति दिन सरकारलाई निर्देशन दिएको छ।

बुधबार सार्वजनिक यातायात सञ्चालनका विषयमा विकास तथा प्रविधि समितिमा सरोकारवालाहरुसँगको छलफलपछि समितिले विश्व स्वास्थ संगठन (डव्लुएचओ)ले तय गरेको मापदण्ड पालना गराइ ट्याक्सी सञ्चालनका लागि अनुमति दिन निर्देशन दिएको हो।

“विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्ड, कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी(सीसीएमसी)ले तय गरेको मापदण्ड पूरा गरी सार्वजनिक सवारी साधनका रुपमा रहेको ट्याक्सी सञ्चालन गर्न दिनू,” समितिको निर्देशनमा उल्लेख छ।

कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण गर्न सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउन आदेशका कारण तीन महिनाभन्दा बढी समयदेखि ट्याक्सी सञ्चालक हुन सकेका छैनन्। लकडाउन केही खुकुलो भएको अवस्थामा स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरी सार्वजनिक सवारीका साधन सञ्चालन गर्न दिनु पर्ने माग व्यवसायीहरुले गर्दै आएका थिए।

आफूहरुको रोजीरोटीमा नै बाधा पुगेको तथा बैंकहरुको किस्ता र ब्याज तिर्न कठिन भएको भन्दै ट्याक्सी सञ्चालकहरुले धेरै दिनदेखि आन्दोलन गर्दै आएका थिए।

प्रकाशित: Jul 08, 2020| 16:17 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।