मंगलबार, भदौ ९, २०८३

कर्णालीमा कोरोना संक्रमित १,५५० पुगे

कर्णाली प्रदेशमा आज २० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सुर्खेतका १३ जना, दैलेखका पाँच जना र मुगुका दुई जना गरी २० जना संक्रमित थपिएका हुन्।
 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

कर्णाली प्रदेशमा आज २० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सुर्खेतका १३ जना, दैलेखका पाँच जना र मुगुका दुई जना गरी २० जना संक्रमित थपिएका हुन्।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १५ सय ५० जना पुगेको छ ।

आज थपिएका संक्रमितमध्ये सुर्खेतको लेखबेशी नगरपालिका वडा नं ५, बराहताल गाउँपालिका वडा नं ५, वीरेन्द्रनगर नगरपालिका वडा नं ४, ६, ७ र १२ का एकएक, वीरेन्द्रनगर वडा नं ९ का पाँच जना र वडा नं १० का दुई जना छन् ।

त्यस्तै दैलेखको दुल्लु नगरपालिका वडा नं ४, १२, नौमुले गाउँपालिका वडा नं १ र ६ का एक एक जना र मुगुको सत्याड गाउँपालिका वडा नं ७ का दुइ जना छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै आज नै कर्णालीका विभिन्न आइसोलेसनबाट १६ जना डिस्चार्ज भएका कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यससँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १२ सय ९१ पुगेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

प्रकाशित: Jul 08, 2020| 16:07 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।