मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीद्वारा ब्राजिलियन राष्ट्रपतिलाई स्वास्थ्य लाभको कामना

प्रधानमन्त्री ओलीद्वारा ब्राजिलियन राष्ट्रपतिलाई स्वास्थ्य लाभको कामना

प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण अमेरिकी देश ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारोलाई शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण अमेरिकी देश ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारोलाई शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

कोरोना भाइरसको संक्रमण भएका बोल्सोनारोलाई प्रधानमन्त्री ओलीले ट्विट गरेर स्वास्थ्य लाभको कामना गरेका हुन्।

साथै प्रम ओलीले कोरोना महामारीसँग जुध्न नेपाल ब्राजिलको साथमा रहेको भन्दै ऐक्यवद्धता पनि जनाएका छन्।

ब्राजिलका राष्ट्रपति बोल्सोनारोलाई आजमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो। ब्राजिलियन टिभी च्यानलमा उनी आफैंले यो कुराको पुष्टि गरेका छन्।

लक्षणहरु देखिएपछि उनले सोमबार कोरोना भाइरस परीक्षण गराएका थिए। यो उनको चौथो कोरोना परीक्षण थियो। उनलाई ज्वरो आएपछि कोरोनाभाइरस परीक्षण गरिएको थियो।

केही समयअघि उनी सार्वजनिक स्थलमा बिना मास्क देखिएका थिए। उनको समर्थनमा आयोजित एक र्‍यालीमा उनले समर्थकहरुसँग अंकमालसमेत गरेका थिए।

कोरोना भाइरसबाट अति प्रभावित सूचीको दोस्रो स्थानमा छ ब्राजिल। त्यहाँ कोरोनाबाट मर्नेको संख्या ६५ हजार नाघिसकेको छ। १६ लाख २३ हजारभन्दा बढी यो भाइरसबाट संक्रमित भइसकेका छन्।

प्रकाशित: Jul 08, 2020| 16:05 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।