धनगढी- सुदूरपश्चिम प्रदेशमा थप ९ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घन्टामा थपिएका संक्रमितमध्ये कञ्चनपुरका ५ र डोटीका चार जना छन्।
यससँगै अस्पतालको प्रयोगशालामा कोरोना संक्रमण पुष्टि भएकाको कूल संख्या एक हजार १६ पुगेको छ।
पछिल्लो २४ घन्टामा २०७ जनाको परीक्षण गरिएको विज्ञप्तिमा उल्लेख छ।
