मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विश्व स्वास्थ्य संगठनमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ

विश्व स्वास्थ्य संगठनमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ

विश्व स्वास्थ्य संगठनमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

काठमाडौं- विश्व स्वास्थ्य संगठनमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

आफू विश्व स्वास्थ्य संगठनको कर्मचारी भएको र सोही संगठनमा जागिर लगाइदिने भन्दै पैसा ठगी गरेको आरोपमा नवलपरासी पूर्वी सुस्ता देउचुली नगरपालिका–१५, प्रगतिनगरका ३४ वर्षीय विजय पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।

पाण्डेले भरतपु्र महानगरपालिका बस्ने अस्मिता अधिकारीबाट पटक–पटक गरी एक लाख ८२ हजार रुपैयाँ लगेर सम्पर्कविहिन भएको महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले जानकारी दिए।

पाण्डेले विश्व स्वास्थ्य संगठनको ललितपुर कार्यालयमा जागिर खुलेको भन्दै नक्कली अफर लेटर, रिलाइबल नेपाल लाइफ इन्सुरेन्स कम्पनीका कागजातहरु समेत दिई रकम ठगेको खुलेको छ।

यस्तै, चितवन भरतपुरका निशानबाबु घिमिरेलाई पनि विश्व स्वास्थ्य संगठनको कार्यालयमा जागिर लगाइदिने भन्दै विश्वासमा पारेर तीन लाख ५० हजार रुपैयाँ ठगेको महाशाखामा उजुरी परेको छ।

सोही संगठनमा जागिर लगाउने प्रलोभनमा पारेर पाण्डेले नवलपरासीका दीपक खनाल, धनबहादुर क्षेत्री, मनाङका कासी गुरुङ, ठेगाना नखुलेका सरिता भण्डारी, रमा घिमिरे लगायतलाई पनि ठगी गरेको खुलेको छ।

कार्कीका अनुसार पाण्डेले अन्य थुप्रै व्यक्तिलाई पनि ठगेको खुलेको छ। उनीबाट ठगीनेमा काठमाडौंको शंखमुलका फर्निचर संचालक धनबहादुर बिष्ट पनि छन्।

पाण्डेले विष्टको पसलबाट १८ लाख रुपैयाँको फर्निचर लिन्छु भन्दै उल्टै ५० हजार ठगेको खुलेको छ।

अछामको तुर्माखाँद घर भएकी रञ्जु बुढालाई एक वर्षसम्म नक्कली कार्यालयमा काम लगाई तलब नदिई ठगी गरेको उजुरी पनि महाशाखामा परेको छ।

पाण्डेले अन्य थुप्रै व्यक्तिलाई ठगी गरेको हुन सक्ने एसपी कार्कीले बताए। उनले ठगीमा परेकाहरुलाई महाशाखाको सम्पर्कमा आउनसमेत अनुरोध गरे।

पाण्डेलाई ठगीसम्बन्धी कसूरमा अनुसन्धान र कारवाहीको लागि महानगरीय प्रहरी परिसरमा बुझाएको कार्कीले जानकारी दिए।

प्रकाशित: Jul 08, 2020| 15:49 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।