बिहीबार, असार १२, २०८२

कर्णाली प्रदेशको बजेट पारित

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि प्रस्तुत गरेको बजेट पारित भएको छ।
 |  बुधबार, असार २४, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

vianetvianet

सुर्खेत- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि प्रस्तुत गरेको बजेट पारित भएको छ। प्रदेशसभाको बुधबर बसेको बैठकले विनियोजन विधेयक २०७७ सर्वसम्मत पारित गरेको हो।

प्रदेश सरकारले आर्थिक वर्ष ०७७/०७८ का लागि ३३ अर्ब ७३ करोड १३ लाख ५३ हजारको बजेट ल्याएको छ।

कुल बजेटमध्ये पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ९ प्रतिशत विनियोजन गरिएको छ।

मुलुकको करिब २१ प्रतिशत भूगोल, ६ प्रतिशत जनसंख्या र चालू आर्थिक वर्षमा मुलुकको कुल गार्हस्थ उत्पादनमा कर्णाली प्रदेशको योगदान करिब ४.३ प्रतिशत योगदान रहेको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदमा उठेका प्रश्नको जवाफ दिएपछि विधेयक पारित भएको हो। सरकारले ल्याएको नीति दीर्घकालीन र बजेट जनतामुखी भएको मुख्यमन्त्री शाहीले बताए। उनले बजेटलाई उत्पादक क्षेत्रमा विनियोजन गरिनुपर्नेमा प्रदेश सरकारको ध्यानाकर्षण भएको बताए।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाले सदनमा उठेका कुरा सरकारका लागि मार्गदर्शन भएको प्रतिक्रिया बताए।

प्रकाशित: Jul 08, 2020| 15:42 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्