मंगलबार, भदौ ९, २०८३

सुनको मूल्य आज फेरि बढ्यो

सातायता उतारचढाव देखिएको सुनको मूल्य आज (बुधबार) फेरि बढेको छ।
 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

काठमाडौं- सातायता उतारचढाव देखिएको सुनको मूल्य आज (बुधबार) फेरि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६०० रुपैयाँ बढेर ९१ हजार ५०० रुपैयाँ कायम भएको छ। हिजो (मंगलबार) यसको मूल्य ७०० रुपैयाँ बढेर ९० हजार ९०० रुपैयाँ तोकिएको थियो।

अघिल्लो बुधबार अहिलेसम्मकै सर्वाधिक प्रतितोला ९१ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छापावाल सुनको मूल्य भोलिपल्ट घटेको थियो। बिहीबार ९१ हजार रुपैयाँ तोकिएको छापवाल सुन शुक्रबार ९० हजार ५०० कायम भएको थियो। त्यसयता आइतबारसम्म स्थिर रहेको छापावाल सुनको मूल्य सोमबार पुनः घटेर ९० हजार २०० रुपैयाँ पुगेको थियो।

तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६० पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: Jul 08, 2020| 13:19 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्