बिहीबार, चैत ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • मैदान फर्कंदै टेस्ट क्रिकेट : आज इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा

मैदान फर्कंदै टेस्ट क्रिकेट : आज इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा

इंग्ल्यान्डमा दिउँसो साढे ३ बजेबाट आयोजक टोलीले अफ्रिकन टिम वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ।
 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

एजेन्सी– कोरोना महामारीले ठप्प भएको क्रिकेट प्रतियोगिता आज (बुधबार)बाट औचारिक रुपमा मैन फर्कँदै छ।

National life

इंग्ल्यान्डमा दिउँसो साढे ३ बजेबाट आयोजक टोलीले अफ्रिकन टिम वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ।

यो खेल प्रतिस्पर्धाका हिसाबले त महत्वपूर्ण छँदै छ, अबका खेल कसरी अघि बढ्छन् भनेर पनि मार्गनिर्देशन गर्ने छ। कोरोना संक्रमणको जोखिमका कारण क्रिकेट मैदानमा धेरै परिवर्तन देख्न सकिने छ।

अरुबेला जस्तो खेलाडीले अम्पायरलाई जर्सी, चस्मा, क्यापलगायत सामान बोक्न दिने छैनन्। अम्पायर पञ्जा लगाएर बस्नेछन्। मैदानमा सकेसम्म कम थुक्नुपर्ने छ। एकै बोतलको पानी धेरै जनाले प्रयोग गर्न पाउने छैनन्।

बल समाइसकेपछि अनिवार्य सेनिटाइजनरले हात सफा गर्नुपर्ने छ। बल चम्काउन थुकको प्रयोगमा पूर्ण बन्देज छ। सबैभन्दा महत्वपूर्ण कुरा त खेल खाली रंगशालामा हुनेछ।

Laxmi sunrise bank
kumari

साथै मैदान बाहिर पनि प्रशिक्षक र खेलाडीलाई सामाजिक दूरी बनाउन भनिएको छ। अझै भनौँ, सेलिब्रेसन पनि सामाजिक दूरी कायम गरेर मनाएको नयाँ अनुभव हुनेछ खेलाडीलाई। अनावश्यक रुपमा बल हातमा नलिन र बल छोएपछि नाक, कान, मुखतिर हात नलैजान खेलाडीलाई चिकित्सकको सुझाव छ।

११६ दिनपछि मैदान फर्किएको खेलमा इंग्ल्यान्डका नियमित टेस्ट कप्तान जोय रुट भने उपस्थित रहने छैनन्। उनी श्रीमतीको स्वास्थ्य अवस्थाका कारण घरमै रहने भएका हुन्। त्यस्तै आज साउथ ह्याम्टनमा सुरु हुने खेलमा बेन स्टोक्सले कप्तानी सम्हाल्ने छन्।

तीन शृंखलाको पहिलो टेस्ट क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदै छ। आजबाट सुरु भएको पहिलो खेल ४ दिनसम्म चल्नेछ।

त्यस्तै दोस्रो खेल जुलाई १२–१६ मा हुनेछ भने अन्तिम वा तेस्रो खेल यही महिनाको २०–२४ मा हुनेछ। दोस्रो र तेस्रो खेलमा भने जोय रुट खेलमा फर्कने छन्।

 

प्रकाशित: Jul 08, 2020| 12:17 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।