मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंकको 'कर्जामा ९.९९ प्रतिशत भन्दा बढी ब्याजदर छ ?' अफर

एनआईसी एशिया बैंकको 'कर्जामा ९.९९ प्रतिशत भन्दा बढी ब्याजदर छ ?' अफर

 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

एनआईसी एशिया बैंकबाट कर्जा सुविधा लिएका ग्राहकले असार मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम सोही अवधिभित्रै चुक्ता भुक्तान गरेमा साउन एकगतेदेखि लागू हुने गरी उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गर्ने योजना बैंकले बनाएको छ ।

बैंकका अनुसार अत्यधिक उत्साहजनक सहभागिता रहेको तथा कोही पनि नछुटोस् भन्ने चाहना बैंकको छ । उक्त योजना सकिन अब ८ दिन मात्रै बाँकी छ ।

यस योजनाका भरपुर फाइदा उठाउन बैंकले विज्ञप्तिमार्फत आह्वान गरेको छ ।

नेपालको बैंकिङ्ग इतिहासमा निकै कममात्रै उपलब्ध हुने यस बैंकले ल्याएको योजनाको म्याद मात्र ८ दिन बाँकी रहेको हुँदा असार मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता तथा ब्याज रकम २०७७ असारभित्रै चुक्ता भुक्तानी गरी समयमै मौकाको फाइदा उठाउन बैंकले आग्रह गरेको छ ।

सहज तथा सबल बैंकिङ्गको मूल सिद्घान्त अनुरुप यस बैंकबाट कर्जा उपभोग गरि तथा भविष्यमा यस बैंकसँग जोडिने ग्राहकको सहजता तथा आवश्यकतालाई महशुस गरी कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहकले गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप यस बैंकले ‘कर्जा सहायता केन्द्र’ को स्थापना गरेको विज्ञप्तिमा जनाएको छ ।

प्रकाशित: Jul 08, 2020| 10:17 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्