बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरले दुई महिना कैद र रु ५० लाख जरिवाना फैसला गरेको फरार अभियुक्तलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले सूर्यविनायक नगरपालिका–५ बासुटोल बस्ने ४२ वर्षीय भूपेन्द्र गोराजुलाई पक्राउ गरेको परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
भक्तपुरका कृष्णगोपाल राजलवटको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी भूपेन्द्र गोराजु भएको बैकिङ कसुरमा अदालतले विसं २०७५ चैत २४ गते गरेको फैसला कार्यान्वयन नगरी फरार रहेका थिए ।
पक्राउ परेका गोराजुलाई भक्तपुर जिल्ला अदालत भक्तपुरमा पेश गरी फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार जगन्नाथ देवल सुन्धारा काठमाडौँ पठाउने आदेश भएअनुसार कारागार पठाएको उनले जानकारी दिए।
