मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फेरि सर्‍याे नेकपाको स्थायी समिति बैठक, ओली र प्रचण्डको टकराव कायमै

फेरि सर्‍याे नेकपाको स्थायी समिति बैठक, ओली र प्रचण्डको टकराव कायमै

नेकपाको स्थायी समिति बैठक लगातार दोस्रो पटक स्थगित भएको छ । आज (बुधबार)का लागि डाकिएको बैठक अकस्मात स्थगित गरिएको हो ।
 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

काठमाडौं- नेकपाको स्थायी समिति बैठक लगातार दोस्रो पटक स्थगित भएको छ। आज (बुधबार)का लागि डाकिएको बैठक अकस्मात स्थगित गरिएको हो।

यसअघि असार २२ गते डाकिएको बैठक आजका लागि सारिएको थियो। दुई अध्यक्षबीच सहमति जुटाएर असार २४ गते बैठक बस्ने भनिए पनि आज अकस्मात बैठक स्थगित गरिएको हो।

अब असार २६ गते बैठक बस्ने नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालका सल्लाहकार विष्णु रिजालले जानकारी दिए। उनले ट्विटरमा लेखेका छन्– नेकपा स्थायी समितिको आज ११ बजे बस्ने तय भएको बैठक असार २६ गते ११ बजे बस्ने गरी स्थगित भएको छ।

दुई अध्यक्ष केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कुनै सहमति हुन नसकेपछि बैठक स्थगित गरिएको हो। दुई अध्यक्ष लगातार छलफलमा जुटेपनि दुबै जना आफ्नो अडानबाट पछि हटेका छैनन्।

प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरु कुनै पनि हालतमा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनु पर्ने अडानमा छन् भने ओली राजीनामा नगर्ने पक्षमा छन्। यही टकरावका कारण नेकाप भित्रको विवाद पेचिलो बन्दै गएको छ।

प्रकाशित: Jul 08, 2020| 09:40 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।