मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काभ्रेमा गाईवस्तुको मल बोकेको मिनी ट्रक बाटोमै पल्टियो, सहचालकको मृत्यु

काभ्रेमा गाईवस्तुको मल बोकेको मिनी ट्रक बाटोमै पल्टियो, सहचालकको मृत्यु

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ शेरामा मिनि ट्रक दुर्घटना हुँदा गाडीका सहचालकको मृत्यु भएको छ ।
 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

बनेपा- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ शेरामा मिनि ट्रक दुर्घटना हुँदा गाडीका सहचालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार भक्तपुरको सूर्यविनायकबाट गाईवस्तुको मल लोड गरी काभ्रेपलाञ्चोकको नाला शेरातर्फ आउँदै गरेको बा१क ९२३६ नंको मिनी ट्रक ब्रेक फेल भई सडकमै पल्टिएको हो ।

मंगलबार भएको दुर्घटनामा भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–७ बस्ने १८ वर्षीय सुजन वाग्लेको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी पल्टेर घाइते भएका वाग्लेको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीले चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित: Jul 08, 2020| 08:07 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।