मंगलबार, भदौ ९, २०८३

कोरोना अपडेट : विश्वभर २४ घण्टामा कहाँ के भयो ?

कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ७ हजार ७ सय ५२ जना संक्रमित थपिएका छन् । ५ हजार ५ सय १२ जनाको मृत्यु भएको छ ।
 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ७ हजार ७ सय ५२ जना संक्रमित थपिएका छन् । ५ हजार ५ सय १२ जनाको मृत्यु भएको छ ।

जुलाई महिना सुरु भएयता विश्वभर दैनिक २ लाख संक्रमित थपिदैं आएकाेमा पछिल्लो ७ दिनमा मात्रै ११ लाख ७६ हजार ९ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै ५५ हजार ४ सय ४२ जना संक्रमित थपिएका छन् । ९ सय ९३ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४८ हजार ५ सय ८४ जनामा संक्रमण पुष्टि हुँदा १ हजार ३ सय १२ जनाको मृत्यु भएको छ ।

भारतमा २३ हजार १ सय ३५ जना संक्रमित थपिदा ४ सय ७९ जनाको मृत्यु भएको छ । रुसमा ६ हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि हुँदा १ सय ९८ जनाको मृत्यु भएको छ ।

मंगलबार एकै दिनमा दक्षिण अफ्रिकामा १० हजार १ सय ३४ जना संक्रमित थपिदा १ सय ९२ जनाको मृत्यु भएको छ । मेक्सिकोमा थप ४ हजार ९ सय २ जना संक्रमण पुष्टि हुँदा ४ सय ८० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोलम्बियामा ४ हजार २ सय १३, पेरुमा ३ हजार ५ सय ७५, साउदी अरेबियामा ३ हजार ३ सय ९२, बंगलादेशमा ३ हजार २७, पाकिस्तानमा २ हजार ६ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ ।

जोनहपकिन्स विश्वविद्यालयका अनुसार बुधबार बिहानसम्ममा कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड १७ लाख ९७ हजार २ सय नाघेको छ । ५ लाख ४३ हजार ५ सय ९५ जनाको मृत्यु भएको छ।

कोरोनाबाट सबै बढि आक्रान्त भएको अमेरिकामा २९ लाख ९४ हजार २ सय बढि संक्रमित भएका छन् भने १ लाख ३१ हजार ६ सय २६ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा १६ लाख ६८ हजार ५ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ६६ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट तेस्रो बढि प्रभावित मुलुक भारतमा ७ लाख १९ हजार ६ सयभन्दा धेरै संक्रमित छन् भने २० हजार १ सय ५९ जनाको मृत्यु भएको छ ।

नेपालमा अहिलेसम्म १६ हजार १ सय ६८ जना संक्रमित भएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Jul 08, 2020| 07:52 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।