मंगलबार, साउन १२, २०८३

डब्लुएचओसँग अमेरिका औपचारिक रुपमा अलग

अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँग औपचारिक रूपमै सम्बन्ध तोडेको छ।
 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँग औपचारिक रूपमै सम्बन्ध तोडेको छ।

कोरोना महामारी नियन्त्रण गर्न नसकेको तथा चीनसँग मिलेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओसँग नाता तोड्ने घोषणा गरेका थिए। उसलाई दिने अनुदान अन्य क्षेत्रमा लगाउने उनले बताएका छन्।

डब्लुएचओका महानिर्देशक डा. टेड्रोस एडहानम गेब्रियससले संस्थालाई सबैभन्दा बढी अमेरिकाकै मद्दतको जरुरी रहेको बताउँदै त्यसो नगर्न अनुरोध गरेका थिए। अन्तर्राष्ट्रिय समुदाय तथा अमेरिकाकै कतिपय बुद्धिजीवीले पनि यस्तो निर्णय घातक हुने चेतावनी दिएका थिए।

ट्रम्पले भने आफ्नो निर्णयमा अडिग रहँदै डब्लुएचओसँग अलग हुने जानकारीसहित औपचारिक पत्र पठाएका छन्।

अमेरिकाले यही जुलाई ६ मा त्यस्तो पत्र डब्लुएचओलाई पठाएको बताइएको छ। अमेरिकाका विपक्षी सांसदले ट्रम्पको यो निर्णयको आलोचना गर्दै यो निर्णय अमेरिकाको नागरिकको हितमा नरहेको प्रतिक्रिया दिएका छन्।

प्रकाशित: Jul 08, 2020| 07:27 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।