मंगलबार, भदौ ९, २०८३

दाउरा टिप्न जाँदा नारायणीले बगायो

दाउरा टिप्न जाने क्रममा नारायणी नदीमा एकजना युवक बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–१ नारायणगढका २६ वर्षीय युवक प्रकाश परियार नदीमा बेपत्ता भएका हुन् ।
 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

दाउरा टिप्न जाने क्रममा नारायणी नदीमा एकजना युवक बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–१ नारायणगढका २६ वर्षीय युवक प्रकाश परियार नदीमा बेपत्ता भएका हुन् ।

नारायणी नदी किनारको प्रदर्शनी मैदान नजीकैबाट दाउरा टिप्न जाने क्रममा नदीले बेपत्ता बनाएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।

वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रवीनबाबु रेग्मीका अनुसार आज दिउँसो साढे ४ बजेको समयमा नदीले बगाएर ल्याएको दाउरा टिप्न जाँदा परियारलाई नदीले बेपत्ता बनाएको हो । परियारको खोजी जारी रहेको रेग्मीले जानकारी दिए।

प्रकाशित: Jul 08, 2020| 06:13 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।