मंगलबार, भदौ ९, २०८३

इन्जिनियरको गैरकानुनी कमाइ ३ करोड १० लाख

खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय, नेपालगंजमा कार्यरत सिनियर डिभिजन इन्जिनियर पूर्ण प्रसाद उपाध्यायले तीन करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको खुलेको छ।
 |  मंगलबार, असार २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २३, २०७७

खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय, नेपालगंजमा कार्यरत सिनियर डिभिजन इन्जिनियर पूर्ण प्रसाद उपाध्यायले तीन करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको खुलेको छ।

उपाध्यायले करिब १४ वर्षे जागिर अवधिमा तीन करोड १० लाख २७ हजार रुपैयाँ गैरकानुनी आर्जन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट खुलेको हो।

उपाध्यायले गैरकानूनी सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्चजीवन यापन गरिरहेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

उपाध्याय सामुदायिक खानेपानी तथा सरसफाई इकाई कार्यालय डडेल्धुरामा २०६३ पुस ५ मा स्थायी नियुक्ति भएका थिए। २०६९ चैत १५ मा सिनियर डिभिजन इन्जिनियर पदमा बढुवा भएका उपाध्यायले पाँच करोड एक लाख ४३ हजार चार सय ५१ रुपैयाँ आर्जन गरेको खुलेको छ।

जस मध्ये एक करोड ९१ लाख १६ हजार दुई सय ९८ रुपैयाँको मात्र स्रोत खुलेको अख्तियारले जनाएको छ। उपाध्याय विरुद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रकाशित: Jul 07, 2020| 17:07 मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।