मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरिता गिरीलाई संसद र पार्टीबाट निष्कासन गर्न सिफारिस

सरिता गिरीलाई संसद र पार्टीबाट निष्कासन गर्न सिफारिस

समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव संयोजकत्वको कार्यदलले सांसद सरिता गिरीलाई पार्टी सदस्य र सांसद पदबाट निष्कासनका लागि पार्टीलाई सिफारिस गरेको छ।
 |  मंगलबार, असार २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २३, २०७७

काठमाडौं- समाजवादी पार्टीको विशेष कार्यदलले सांसद सरिता गिरीलाई पार्टी सदस्य र सांसद पदबाट निष्कासनका लागि पार्टीलाई सिफारिस गरेको छ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नयाँ नक्सा जारी भएपछि सांसद गिरीले त्यसको विरोध गरेकी थिइन् । उनले नयाँ नक्सा अनुसार निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा पार्टी ह्वीप समेत उल्लंघन गरेकी थिइन्।

पार्टी ह्वीप उल्लंघन गरेको आरोपमा गिरीलाई कारबाहीका लागि सिफारिस गरिएको कार्यदलका सदस्य मोहम्मद इस्तियाक राईले नेपाल समयलाई जानकारी दिए। 

उक्त विषयमा छानबिन गर्न समाजवादी पार्टीले महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य भएको कार्यदल बनाएको थियो।

यादव नेतृत्वको कार्यदलले गिरीलाई कारबाहीको सिफारिसका लागि पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ।

जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो। समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। संसदमा बोल्न नपाएपछि सांसद गिरी भने बैठक चलिरहँदा बाहिरिएकी थिइन्।  

त्यसअघि संशोधन विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएकी गिरीले पार्टी निर्णय विपरित उक्त प्रस्ताव फिर्ता लिन मानेकी थिइनन्। यद्यपी उक्त प्रस्ताव संसदमा पेश भएन।

कार्यदलको सिफारिसबारे छलफल गर्न समाजवादी पार्टीको पदाधिकारी बैठक मंगलबार दिउँसो बस्दैछ।

प्रकाशित: Jul 07, 2020| 16:25 मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।