कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ हजार नाघेको छ।
आज (मंगलबार) २०४ जना संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १६ हजार १६८ पुगेको हो।
यसैगरी ७ हजार ४९९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् भने ३५ जनाकाे मृत्यु भएकाे छ।
आजको दिनमा देशभरका क्वारेन्टिनमा २५ हजार ७२७ जना छन् भने आइसोलेसनमा ८ हजार ६३४ जना छन्।
