मंगलबार, भदौ ९, २०८३

प्रदेश १ मा ९ जना संक्रमित थपिए, ७ डिस्चार्ज

विराटनगर– प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ८५ पुगेको छ । मंगलबार ९ जना संक्रमित थपिएका छन् ।
 |  मंगलबार, असार २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २३, २०७७

विराटनगर– प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ८५ पुगेको छ । मंगलबार ९ जना संक्रमित थपिएका छन् ।

मोरङमा ६, सुनसरीमा २ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा २ महिला, ४ पुरुष, सुनसरीको धरानमा एक महिला, एक पुरुष र झापाको बाह्रदशीमा एक पुरुष छन् ।

प्रदेश १ बाट मंगलबार ७ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ५ पुरुष र ३ महिला डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा मोरङका ४ र सुनसरीका ३ जना रहेको उपचार केन्द्र व्यवस्थापन समिति सदस्य ध्रुव उरावले जानकारी दिए ।

उनका अनुसार डिस्चार्ज हुनेहरु ६ वर्षीया बालिकादेखि ५० वर्ष सम्मका छन् । डिस्चार्ज हुनेहरु जेठ २७ देखि असार १३ गते सम्म भर्ना भएकाहरु रहेको उरावले बताए ।

प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ४ सय ७९ पुगेको छ ।

प्रकाशित: Jul 07, 2020| 16:05 मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।