मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा विवाद : ओली-प्रचण्डबीच पार्टी र सरकारका कामलाई प्रभावकारी बनाउने समझदारी

नेकपा विवाद : ओली-प्रचण्डबीच पार्टी र सरकारका कामलाई प्रभावकारी बनाउने समझदारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी र सरकारका कामकारवाहीलाई प्रभावकारी बनाउने समझदारी भएको छ।
 |  मंगलबार, असार २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २३, २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी र सरकारका कामकारबाही थप प्रभावकारी बनाउने समझदारी भएको छ।

पार्टीको आन्तरिक विवाद समाधान गर्न अध्यक्षद्वयबीच आज (मंगलबार) साढे दुई घन्टा भएको वार्तामा यस्तो समझदारी भएको हो। उनीहरुबीच स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ।  विवादित विषयमा थप सहमतिका लागि स्थायी कमिटी बैठकअघि  ओली र दाहालबीचर बुधबार बिहान पनि छलफल हुनेछ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साढे ११ देखि २ बजेसम्म वार्ता भएको थियो।

असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टी र सरकारमा एकलौटी गरेको भन्दै राजीनामाको माग भएपछि नेकपामा विवाद चर्किएको थियो।

प्रचण्डसहितका नेताले प्रधानमन्त्री ओलीको राजीनामा दिनुपर्ने अडान लिएका थिए भने ओलीले ओली कुनै पनि हालतमा राजीनामा नदिने बताएका थिए। त्यसयता चर्किएको विवाद पछिल्लो समय उत्कर्षमा पुगेको थियो।

विवाद समाधानका लागि असार २२ गते बस्ने भनिएको स्थायी समिति बैठक स्थगित गरेर दुई अध्यक्षहरुबीच लगातार छलफल भएको थियो।

प्रकाशित: Jul 07, 2020| 15:02 मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।