ललिता निवास जग्गा किनबेच प्रकरणका अभियुक्त डिल्लीबजार मालपोत कार्यालयका एक अधिकृतलाई धरौटीमा रिहा गर्न सर्वोच्च अदाललते आदेश दिएको छ।
मालपोत अधिकृत कृष्णप्रसाद पौडेललाई तीन लाख धरौटीमा छोड्न सर्वोच्चले आदेश दिएको हो।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको इजलासले पौडेललाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।
यसअघि गएको चैतमा विशेष अदालतका न्यायाधीश शिवराज अधिकारी र न्यायाधीश चन्द्रबहादुर सारुको इजलासले पौडेललाई थुनामा पठाउने आदेश दिएको थियो ।
सो आदेशविरुद्ध पौडेलले सर्वोच्चमा पुनरावेदन दिएका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २२ गते तीन पूर्वमन्त्री, तीन पूर्वसचिवसहित १७५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
आयोगले पौडेलविरुद्ध ३२ करोड १९ लाख २० हजार बिगो दाबी गर्दै ८ देखि १० वर्षसम्म कैद सजाय हुनुपर्ने माग गर्दै मुद्दा दायर गरेको छ।
