मंगलबार, भदौ ९, २०८३

किसानलाई आत्मनिर्भर बनाउन बाख्रा वितरण

विपन्न परिवारको छनौट गरी प्रदेश सरकारले रोहिणी गाउँपालिकामा बाख्रा वितरण गरेको छ ।
 |  मंगलबार, असार २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २३, २०७७

विपन्न परिवारको छनौट गरी प्रदेश सरकारले रोहिणी गाउँपालिकामा बाख्रा वितरण गरेको छ ।

प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपानेले जिल्लाको दक्षिणी क्षेत्रमा रहेको रोहिणी गाउँपालिकाका ४४ जना किसानलाई दुई–दुई वटा उन्नत जातका बाख्रा वितरण गरेका हुन् ।

किसानलाई आत्मनिर्भर बनाउने अभियान स्वरुप विपन्न घरधुरीलाई उन्नत जातको बाख्रा प्रदान गरिएको डा. न्यौपानेले बताए । उनले भने, ‘‘मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत हामी सबैलाई रोजगारी दिने अभियानमा छौं । रोजगारी सृजना गर्ने अभियान अन्तर्गत अति विपन्न परिवारलाई उन्नत जातको बाख्रा वितरण गरिएको हो ।’

डा. न्यौपानेले बाख्रा लिनको लागि धकधई हाटबजारमा भेला भएका किसानलाई भने, ‘अहिलेको सरकार किसान र मजदुरहरुकै सरकार हो ।

तपाईंहरु इमान्दारीका साथ काम गर्नुहोस् । दिएको बाख्रा राम्रोसँग पाल्नुहोस् । घरघरमा प्राविधिक पठाउने काम सरकारले गर्छ । तपाईंहरुलाई आत्मनिर्भर बनाउने गरी कार्यक्रम ल्याउने जिम्मा हाम्रो हो । मेहनत, इमान्दारीता तपाईहरुमा हुनुपर्छ ।’

रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादबले प्रदेश सरकारको कार्यक्रम अन्तर्गत पालिकाले अति विपन्न परिबारको छनौट गरेको बताए । उनले भने, ‘तपाईहरुले राम्रोसँग पाल्नुहोस् । अहिले राम्रोसँग काम गरेमा पछि पुनः सहयोग पाइराख्नुहुन्छ । ’

पालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले रोहिणी गाउँपालिकाले यस वर्ष ४४ जना अति विपन्न किसानलाई उन्नत जातका दुईवटा बाख्रा दिएको बताए ।

प्रकाशित: Jul 07, 2020| 13:14 मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।