मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निजामती कर्मचारीले सम्पत्ति विवरण कार्यरत कार्यालयमै बुझाउनुपर्ने

निजामती कर्मचारीले सम्पत्ति विवरण कार्यरत कार्यालयमै बुझाउनुपर्ने

निजामती कर्मचारी सम्पत्ति विवरण बुझाउन निजामती किताबखाना जान नपर्ने भएको छ।
 |  मंगलबार, असार २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २३, २०७७

काठमाडौं– निजामती कर्मचारी सम्पत्ति विवरण बुझाउन निजामती किताबखाना जान नपर्ने भएको छ। कोरोना भाइरस संक्रमण जोखिमका कारण यस वर्ष सम्बन्धित कार्यालयमै बुझाउन पाइने व्यवस्था गरिएको राष्ट्रिय किताबखाना (निजामती) ले जनाएको छ।

किताबखानाको सूचनामा भनिएको छ, ‘यस वर्ष सम्पत्ति विवरण दर्ता गर्न व्यक्ति स्वयं (व्यक्तिगत रुपमा) सम्पत्ति विवरण बुझाउन राष्ट्रिय किताबखाना (निजामती) जानु नपर्ने गरी आफू कार्यरत कार्यालयमा यथाशीघ्र बुझाई सम्बन्धित कार्यालयबाटै एकमुष्ट २०७७ साउन १ गतेदेखि भदौ २८ गतेभित्र राष्ट्रिय किताबखाना (निजामती) मा प्राप्त हुने गरी छिटो हुने माध्यमबाट पठाउनुपर्नेछ।’

यस्तै जिल्ला समन्वय समिति, गाउँपालिका, नगरपालिका, प्रदेश सरकारका मन्त्रालयमा पेस भएका अभिलेख तत् तत् निकायले राखी सम्पत्ति विवरण बन्दी खाम ३० दिनभित्र प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरिसक्नुपर्ने किताबखानाले जनाएको छ।

किताबखानाको सूचनामा भनिएको छ, ‘त्यस्ता विवरण प्रदेश सरकारले संरक्षण एवम् व्यवस्थापन गर्नुपर्नेछ। तर निजामती सेवामा कार्यरत रही संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका निजामती कर्मचारीहरूले साबिकबमोजिम नै राष्ट्रिय किताबखाना मा नै सम्पत्ति विवरण बुझाउनुपर्नेछ।’

प्रकाशित: Jul 07, 2020| 11:21 मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।