नेपाली बजारमा आज मंगलबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ तोकेको छ।
हिजो सोमबार ९० हजार २०० रुपैयाँमा सुन कारोबार भएको थियो।
यस्तै तेजाबी सुनको मूल्य आजका लागि प्रतितोला ९० हजार ४६० रुपैयाँ तोकिएको छ।
