मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाको विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय, नेता खनालसँग भेटवार्ता

नेकपाको विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय, नेता खनालसँग भेटवार्ता

शक्ति संघर्षका कारण उत्कर्षमा पुगेको नेकपाको विवाद मिलाउन चिनियाँ राजदुत होउ यान्छीले अस्वभाविक ढंगबाट संक्रियता बढाएकी छिन् ।
 |  मंगलबार, असार २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २३, २०७७

काठमाडौं- शक्ति संघर्षका कारण उत्कर्षमा पुगेको नेकपाको विवाद मिलाउन चिनियाँ राजदुत होउ यान्छीले अस्वभाविक ढंगबाट संक्रियता बढाएकी छिन् ।

आइतबार नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेकी उनले मंगलबार बिहान अर्का नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छिन् ।

खनाल निवास डल्लुमा भएको भेटमा करिब ४५ मिनेट छलफल भएको स्रोतले जनाएको छ । छलफल के विषयमा भयो भन्ने सार्वजनिक नगरिए पनि नेकपा भित्र चर्किएको विवादका विषयमा राजदुत यान्छीले चासो राखेको बुझिएको छ ।

उनले यसअघि पनि नेता नेपालसँग भेटेर नेकपाको शक्ति संघर्षका विषयमा चासो राखेकी थिइन् । सत्तारुढ दलभित्र शक्ति संघर्ष चुलिएका बेला चिनियाँ राजदूत यान्छीको सक्रियतालाई राजनीतिक बृत्तमा अर्थपुर्ण रुपमा हेरिएको छ ।

चिनियाँ राजदूतको सक्रियतालाई नेपालको आन्तरिक मामिलामा चीनले अनावश्यक चासो देखाएको भन्दै आलोचना हुन थालेको छ।

यसअघि गत वैशाखमा पनि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला राजदूत यान्छीको सक्रियता बढेको थियो । त्यसबेला उनले राष्ट्रपतिदेखि नेकपाका शीर्ष नेतासम्मलाई छुट्टाछुट्टै भेटेकी थिइन् । त्यसपछि नेकपाको विवाद केही मत्थर भएको थियो ।

प्रकाशित: Jul 07, 2020| 10:48 मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।