काठमाडौं- नुवाकोटमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु भएको छ।
बट्टारबाट देवीघाटतर्फ जाँदै गरेको बा९८प ५५१६ नम्बरको मोटरसाइकल विदुर नगरपालिका ५ गंगटेस्थित त्रिशुली–गल्छी सडकखन्डमा सोमबार राति दुर्घटना हुँदा सोही नगरपालिकाको वडा नम्बर ३ बस्ने २१ वर्षीय चालक ठाकुर अधिकारीको मृत्यु भएको हो।
दुर्घटनापछि घाइते अधिकारीलाई उपचारका लागि चक्रदेव पोलिक्लिनिक ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा विदुर नगरपालिका ५ बस्ने २८ वर्षीय सुरेन्द्र चित्रकार सामान्य घाइते छन्। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उनको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
