मंगलबार, भदौ ९, २०८३

आईजीपी ज्ञवाली : कोरोना कहरमै आए, कहरमै अवकाश

ज्ञवालीले आईजीपी पद सम्हालेको करिव डेढ महिना नपुग्दै चैत ११ गतेबाट सरकारले लकडाउनको निर्णय गरेको थियो। लकडाउन नखुल्दै ज्ञवालीको घर जाने बाटो खुलिसकेको छ।
 |  मंगलबार, असार २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २३, २०७७

काठमाडौं- ठाकुरप्रसाद ज्ञवाली नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त हुँदा देशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिसकेको थियो।

माघ २९ गते आईजीपीको फुली थापेका ज्ञवालीको करिब पाँच महिनाको कार्यकाल कोरोनाको कहरकै बीच सकिँदैछ।

ज्ञवालीले आईजीपी पद सम्हालेको करिव डेढ महिना नपुग्दै चैत ११ गतेबाट सरकारले लकडाउनको निर्णय गरेको थियो। लकडाउन नखुल्दै ज्ञवालीको घर जाने बाटो खुलिसकेको छ।

औपचारिक चिनजान तथा देश–विदेश भ्रमणको अवसरसमेत नपाउँदै ३० वर्षीय सेवाहदका कारण ज्ञवाली भोलि (बुधबार) देखि घर जाँदैछन्।

नेपाल प्रहरी संगठनको इतिहासमा विवादरहित आईजीपी नियुक्त हुने अवसर पाएका ज्ञवाली छोटो कार्यकालमा पनि कोही सरुवा र बढुवामा भने विवादरहित बन्न सकेनन्।

कार्यकालको छोटो अवधि त्यसैमा कोरोना कहरका कारणले ज्ञवालीले संगठनमा सरुवा–बढुवावाहेक देखिने गरी अरु कुनै काम गर्न सकेनन्।

“केही बढुवामा सिनियरलाई पछि पार्दै जुनियरलाई माथि तान्ने काम भए पनि समग्रमा ज्ञवालीसा’बको कार्यकाल मध्यम नै रहेको मान्नुपर्छ,” नेपाल प्रहरीका एक उच्च अधिकृतले भने, “कोरोनाको कारणले अरु काम गर्ने अवसर पनि मिलेन।”

ज्ञवालीकै कार्यकालमा सरकारले १९ डीआईजीको दरबन्दीमध्ये कटौती गरेर १४ मा झार्‍यो। डीआईजी कटौतीमा संगठन प्रमुखको रुपमा ज्ञवालीले बलियो अडान राख्न नसकेको भन्दै प्रहरी संगठनभित्रै आलोचना भने भइरहेको छ।

कार्यकालको अधिकांश समय कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सरकारले गरेको निर्णय कार्यान्वयन गराउनमै बितेकाले पनि ज्ञवालीले अन्य काम गर्न पाएनन्।

निष्ठावान छविका ज्ञवाली वैकल्पिक टोलीबाट संगठन हाँक्ने अवसर पाउने पहिलो प्रहरी अधिकृत हुन्। ज्ञवाली र निवर्तमान आईजीपी सर्वेन्द्र खनालसँगैका ब्याजी हुन्। प्रहरीमा वैकल्पिक समूह सधैं दोस्रो प्राथमिकतामा पर्छ।

ज्ञवालीसँगै एआईजी तारणी लम्साल र डीआईजी सूर्य उपाध्याय पनि ३० वर्षीय सेवा अवधिका कारण बुधबारबाट घर फर्किदैछन्।

मंगलबार बेलुका बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको २८ औं आईजीपीबारे निर्णय गर्दैछ। लामो समयपछि यस पटक नेपाल प्रहरीले एआइजीबाट आइजीपी पाउन लागेको हो।

आईजीपी बन्न एआईजीद्वय हरिबहादुर पाल र शैलेश थापा क्षेत्री प्रतिष्पर्धामा छन्। नयाँ बन्ने आईजीपीको कार्यकाल २२ महिनाको हुने छ।

प्रहरी आईजीपीमा एउटै ब्याजी खनाल गए, ज्ञवाली आए

 

 

प्रकाशित: Jul 07, 2020| 09:56 मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।