मंगलबार, भदौ ९, २०८३

कोरोनाबाट दैनिक मृत्यु अमेरिकामा भन्दा भारतमा धेरै

अमेरिकामा २४ घण्टामा ३ सय ६० जनाको मृत्यु हुँदा भारतमा ४ सय ७३ जनाले ज्यान गुमाएका छन् । दैनिक भास्करका अनुसार भारतमा अहिलेसम्म कोरोनाकै कारण २० हजार १ सय ७४ जनाको मृत्यु भएको छ ।
 |  मंगलबार, असार २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २३, २०७७

काठमाडौं- कोरोना भाइरसबाट भारतमा पछिल्लो २४ घण्टामा अमेरिकामा भन्दा धेरै व्यक्तिले ज्यान गुमाएका छन् ।

अमेरिकामा २४ घण्टामा ३ सय ६० जनाको मृत्यु हुँदा भारतमा ४ सय ७३ जनाले ज्यान गुमाएका छन्। दैनिक भास्करका अनुसार भारतमा अहिलेसम्म कोरोनाकै कारण २० हजार १ सय ७४ जनाको मृत्यु भएको छ ।

सोमबार ४ सय ७३ जनाको मृत्यु भएको थियो भने आइतबार ४ सय २१, शनिबार ६१०, शुक्रबार ४४४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

भारतमा अहिलेसम्म कोरोनाबाट ७ लाख २० हजार ३ सयभन्दा धेरै संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २२ हजार ५ सयमा संक्रमण पुष्टि भएको छ । आइतबार २३ हजार ९ सय ३२, शनिबार २४ हजार १५ जना संक्रमित थपिएका थिए ।

कोरोनाबाट भारतको महाराष्ट्र सबैभन्दा बढी आक्रान्त भएको छ । जहाँ २ लाख ११ हजार ९ सयभन्दा धेरै संक्रमित भएका छन् भने ९ हजार २६ को मृत्यु भएको छ ।

दोस्रो प्रभावित राजस्थानमा १ लाख १४ हजार ९ सय बढी संक्रमित हुँदा १ हजार ५ सय ७१ जनाको मृत्यु भएको छ ।

तेस्रो प्रभावित दिल्लीमा १ लाख ८ सयभन्दा धेरैमा संक्रमण पुष्टि हुँदा ३ हजार १ सय १५ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Jul 07, 2020| 08:30 मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।