मकवानपुरमा कारको ठक्करबाट एकजनाको ज्यान गएको छ । मनहरी–७ बिजौनामा पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–नारायणगढ सडकखण्डको बिजौनामा कारको ठक्करबाट ५० वर्षीय पुरुषको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले ज्यान गुमाउनेको पहिचान नखुलेको जानकारी दिए।
कारको ठक्करबाट घाईते पुरुषको उपचारका क्रममा चुरेहिल हस्पिटल हेटौंडामा ज्यान गएको प्रहरीले जनाएकोछ ।
ठक्कर दिने बा २१ च ६६४२ नम्बरको कार चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
