मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सडकआश्रित मानिसका लागि मानव सेवा ग्राम निर्माण गरिने

सडकआश्रित मानिसका लागि मानव सेवा ग्राम निर्माण गरिने

विराटनगर– प्रदेश १ सरकारले मानव सेवा ग्राम निर्माण गर्ने भएको छ । मोरंगको ग्रामथान ७ मा १० विगााह १४ कठ्ठा क्षेत्रफलमा मानव सेवा ग्राम निर्माण गरिने भएको हो ।
 |  मंगलबार, असार २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २३, २०७७

विराटनगर– प्रदेश १ सरकारले मानव सेवा ग्राम निर्माण गर्ने भएको छ । मोरंगको ग्रामथान ७ मा १० विगााह १४ कठ्ठा क्षेत्रफलमा मानव सेवा ग्राम निर्माण गरिने भएको हो ।

वेसहारा, अशक्त, असाहय, अनाथ र अभिभावक विहिन सडक आश्रित मानवहरुको उद्धार गरि औषधोपचार, पालनपोषण, पारिवारिक पुर्नमिलनको सेवाका लागि प्रदेश सरकारले मानव सेवा ग्राम निर्माण गर्ने तयारी गरेको हो । प्रदेश सरकारले सो सेवा आश्रमका लागि आगामी आर्थिक वर्षमा १ करोड वजेट छुट्याएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । चालु आर्थिक वर्ष भित्रमै निर्माण कार्यको थालनी गर्ने गरि मन्त्रालयले सहयोगी संस्थाहरुसँगको छलफललाई अघि बढाएको छ ।

सहयोगापेक्षी, सडकआश्रित मानवहरुको उद्धार कार्यमा अहिले मानव सेवा आश्रमले कार्य गरिरहेकाले सोही संस्था लगायतका सहयोगी संस्थाहरुसँग मन्त्रालयले छलफल अघि बढाएको मन्त्री घिमिरेले बताए । प्रदेश १ मा सडकआश्रितहरुलाई उद्धार गरि सडक मानवमुक्त बनाउने अभियानमा सरकार अघि बढेको मन्त्री घिमिरेले बताए । प्रदेश सरकारले आगामी तीन वर्षभित्रमा सुविधा सम्पन्न सेवा आश्रम निर्माण गरिने लक्ष्य रहेको बताए ।

प्रदेश १ मा मानव सेवा आश्रमले सडक आश्रित ५० जनालाई उद्धार गरिसकेको छ । सामाजिक विकास मन्त्रालय, स्थानीय तहहसँगको सहकार्यमा सडकबाट उद्धार गरि मानव सेवा आश्रममा ल्याईएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । कास्कीको पोखरामा प्रदेश सरकारसँगको सहकार्यमा ३ सय क्षमताको सुविधा सम्पन्न मानव सेवा आश्रम निर्माण कार्य शुरु भएको बताए ।

१० वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित काम शुरु भएको अधिकारीले बताए । मानव सेवा आश्रमले ७ वटै प्रदेशमा १९ वटा केन्द्र मार्फत सेवा दिईरहेको उनले बताए । देशभरीमा अहिले सम्म १ हजार २ सयलाई सेवा दिईएको अधिकारीको भनाइ छ ।

सहयोगापेक्षी, सडकआश्रित मानवहरुका लागि प्रदेश सरकारले मानव सेवा ग्राम निर्माण गर्नु राम्रो पक्ष भएको अधिकारकर्मी मञ्जिता उपाध्यायले बताईन । प्रदेश सरकारले छिटो आश्रम निर्माण गरि सेवा शुरु गर्नुपर्ने उनको सुझाव छ । अहिले भाडाको घरबाट मानव सेवा आश्रमले सेवा दिईरहेका कारण खर्च बढेको उनको भनाई छ ।

प्रकाशित: Jul 07, 2020| 06:16 मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।