मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकीमा १,११३ लाई कोरोना संक्रमण (जिल्लागत विवरणसहित)

गण्डकीमा १,११३ लाई कोरोना संक्रमण (जिल्लागत विवरणसहित)

गण्डकी प्रदेशमा सोमबार साँझसम्म कोरोना भाइरस संक्रमितको संख्या १,११३ पुगेको छ। तिनमा ९६९ पुरुष र १४४ महिला छन्।
 |  मंगलबार, असार २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २३, २०७७

काठमाडौं- गण्डकी प्रदेशमा सोमबार साँझसम्म कोरोना भाइरस संक्रमितको संख्या १,११३ पुगेको छ। तिनमा ९६९ पुरुष र १४४ महिला छन्।

प्रदेशमा सबैभन्दा बढी संक्रमित नवलपरासी पूर्वमा २५७ जना छन् भने सबैभन्दा थोरै मुस्ताङ र मनाङमा एक एक जना छन्।

नवलपरासी पूर्वमा २५७ जना कोरोना भाइरस संक्रमित भएका छन्। तिनमा ३१ महिला र २२६ पुरुष छन्।  मुस्ताङमा १ पुरुषमा संक्रमण भएको छ।मनाङमा पनि १ पुरुषमा संक्रमण भएको छ।

यस्तै पर्वतमा संक्रमित ९० जनामध्ये ८० पुरुष र १० महिला छन्। म्याग्दीमा ५ महिला र १४ पुरुष गरी १९ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।

बाग्लुङमा २०८ जना संक्रमित भएका छन्। तिनमा १७ महिला र १९१ पुरुष छन्। स्याङ्जामा महिला २३ र पुरुष १६२ गरी संक्रमितको संख्या १६२ पुगेको छ।
निर्देशनालयका अनुसार सोमबार साँझसम्म कास्कीमा १९ महिला र ४४ पुरुष गरी ६३ जनालाई कोरोना भाइरस संक्रमण भएको छ। 

यस्तै गोरखामा संक्रमितको संख्या ९३ पुगेको छ। तिनमा १५ महिला र ७८ पुरुष छन्। तनहुँमा १७ महिला र १२२ पुरुष गरी १३९ जनालाई कोरोना भाइरस संक्रमण भएको निर्देशनालायले जनाएको छ।

प्रदेशमा विभिन्न अस्पतालमा ७९७ जना आइसोलेसनमा छन् भने ३१६ जना निको भएर घर फर्किएका छन्। तीमध्ये २७ महिला र २८९ पुरुष छन्।
गण्डकीमा हालसम्म कोरोना भाइरसबाट ४ जनाको ज्यान गएको छ।

 

प्रकाशित: Jul 07, 2020| 00:12 मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।