काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सोमबार ललितपुरको मंगलबजारमा प्रदर्शन गरिएको छ।
युवाहरुको अगुवाइमा भएको प्रदर्शनका सहभागीले सामाजिक न्यायसहितको आर्थिक विकास र एकता कायम गर्न, संघीय गणतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न प्रधानमन्त्रीमा ओलीको विकल्प नभएको बताएका छन्।
उनीहरूले राष्ट्रिय अखण्डताका जोगाउन राजनीतिक स्थिरता र स्थायी सरकारका लागि, नागरिकता संशोधन विधेयक पारित गर्नका लागि प्रधानमन्त्रीमा ओली कायम हुनुपर्ने बताएका छन।
