मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि, १६ जना डिस्चार्ज

कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि, १६ जना डिस्चार्ज

कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार आज (सोमबार) दिउँसो थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसहित कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १ हजार ५१६ पुगेको छ।

मन्त्रालयका अनुसार भेरी अस्पताल नेपालगंज बाँकेमा गरिएको परीक्षणमा सुर्खेतका १४ र जाजरकोटका ३ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका एक जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै कर्णाली प्रदेशमा सोमबार १६ जना डिस्चार्ज भएका छन्। यो सहित सो प्रदेशमा कोरोना संक्रमणपछि निको भएर डिस्चार्ज हुनेको संख्या १ हजार २४७ पुगेको छ।

कर्णाली प्रदेशमा कोरोना संक्रमित ६ जनाको मृत्यु भएको छ। प्रदेशमा अहिले सक्रिय बिरामीको संख्या २६३ रहेको छ।

No photo description available.

प्रकाशित: Jul 06, 2020| 17:15 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।