मंगलबार, भदौ ९, २०८३

पहिरो जाँदा २४ घरपरिवार विस्थापित

जिल्लाको तिलागुफा नगरपालिका–५ खल्लागाउँका २४ घरधुरी विस्थापित भएका छन्।
 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

कालिकोट– जिल्लाको तिलागुफा नगरपालिका–५ खल्लागाउँका २४ घरधुरी विस्थापित भएका छन्। निरन्तर पानी पर्न थालेपछि गाउँमाथिबाट पहिरो खस्न थालेकाले गाउँ नै जोखिममा परेको हो।

निरन्तर पहिरो आउन थालेपछि गाउँ नै जोखिममा परेको किर्डाक कालिकोटका शैक्षिक अधिकृत धनीराम न्यौपानेले बताए।

‘२४ घरधुरीका १२६ परिवार प्रभावित भएका छन्’, उनले भने, ‘तीमध्ये ६२ जना बालबालिका, एक जना वृद्ध र तीन जना अपांगता भएका अतिप्रभावित भएका छन्।’

पहिरोका कारणले गाउँमा लगाइएको बालीनाली नष्ट भएको र अहिले गाउँलेलाई सुरक्षित स्थानमा सारिएको स्थानीयवासी दिनेश चदाराले बताए। ‘अहिले गाउँलेलाई सुरक्षित स्थानमा राखिएको छ’, उनले भने, ,‘२४ घर भत्किएका छन्।’ -रासस

प्रकाशित: Jul 06, 2020| 16:48 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।