मंगलबार, भदौ ९, २०८३

कोरोना संक्रमण : कुन प्रदेशमा कति डिस्चार्ज भए ?

सोमबारसम्म देशभरबाट ६ हजार ८११ जना कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६४ जना संक्रमणमुक्त भएका छन्।
 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

काठमाडौं- सोमबारसम्म देशभरबाट ६ हजार ८११ जना कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६४ जना संक्रमणमुक्त भएका छन्।

कुल संक्रमित १५ हजार ९६४ मध्ये ९ हजार ११८ जना विभिन्न अस्पताल र आइसोलेसनमा छन्। कुल संक्रमितमध्ये ४२.७ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सोमबारसम्म प्रदेश १ मा ७१० जना संक्रमित भेटिएकोमा बाट ४६९ जना संक्रमणमुक्त भएका छन्।

त्यस्तै प्रदेश २ मा ५ हजार १८४ जना संक्रमित भएकोमा २ हजार ७२ जना तथा बागमती प्रदेशमा ६३९ जना संक्रमित भएकामा २३४ जना डिस्चार्ज भएका छन्।

यसैगरी गण्डकी प्रदेशमा हालसम्म १ हजार १७५ जना संक्रमित भएकोमा २९५ जना, प्रदेश ५ मा ३ हजार ९८४ जना संक्रमित भेटिएकोमा १ हजार ८५७ संक्रमणमुक्त भएका छन्।

कर्णाली प्रदेशमा जम्मा १ हजार ५८१ जना संक्रमित भएकोमा १ हजार २२२ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ६९१ संक्रमितमध्ये ६६२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना संक्रमण भएका ३५ जनाको मृत्यु भएको छ।

प्रकाशित: Jul 06, 2020| 16:42 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।