मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मास्क नलगाई हिँड्नेलाई कारवाही गर्न ७७ वटै जिल्ला प्रशासनलाई गृह मन्त्रालयको निर्देशन

मास्क नलगाई हिँड्नेलाई कारवाही गर्न ७७ वटै जिल्ला प्रशासनलाई गृह मन्त्रालयको निर्देशन

मास्क नलगाई घरबाहिर निस्किनेलाई तत्काल पक्राउ गरी आवश्यक कारवाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ।
 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

मास्क नलगाई घरबाहिर निस्किनेलाई तत्काल पक्राउ गरी आवश्यक कारवाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ।

मास्क नलगाई हिँड्ने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई सोमबार निर्देशन दिएको हो।

गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले लकडाउन खुकुलो हुँदा मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्ने क्रम बढेपछि त्यस्ता मानिसलाई तत्काल पक्राउ गरी कारवाही गर्न निर्देशन दिइएको बताए।

‘सरकारले निश्चित मापदण्ड पालना गरेर सेवा तथा व्यवसाय सञ्चालन गर्न भनेको हो,’ अधिकारीले भने, ‘कोरोना संक्रमितसमेत बिना मास्क बाहिर निस्किँदा संक्रमणको जोखिम थप बढ्ने देखिएको छ।’

सरकारले असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाएको थियो। त्यसयता सडक र बजार, कलकारखानामा मास्क र सेनिटाइजर प्रयोग र सामाजिक दूरी पालना नगर्ने प्रवृत्ति बढ्दै गएपछि सरकारले कडा निर्देशन दिएको हो।

प्रकाशित: Jul 06, 2020| 16:09 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।