मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कमल थापाको प्रश्न– रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले राष्ट्रियता जोगाउँछ?

कमल थापाको प्रश्न– रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले राष्ट्रियता जोगाउँछ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले  स्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बचाउन र बनाउन नसक्ने दाबी गरेका छन्।
 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले  स्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बचाउन र बनाउन नसक्ने दाबी गरेका छन्।

उनले सोमबार ट्विट गरेका छन्, ‘प्रम ओली भन्नुहुन्छ–सरकार गिराउन भारतीय राजदूत सक्रिय भए। अर्कोतर्फ चिनियाँ राजदुत सरकार बचाउन नेताहरुको घर पुग्छिन्। के यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ? राष्ट्रियता जोगाउन सक्छ? स्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बचाउन र बनाउन सक्दैन।’

उनले पुर्वाग्रहबाट माथी उठ्न, विगतमा सबैबाट भएका गल्तीबाट पाठ सिक्न र आत्मालोचना गर्न पनि आग्रह गरेका छन्।

यस्तै उनले बाह्य हस्तक्षेप विना राष्ट्रियता र प्रजातन्त्र बलियो हुने नेपाली परिवेश अनुकूल मौलिक प्रजातन्त्रको निर्माण गर्न आग्रह गरेका छन्।

उनले भनेका छन्, ‘कसैले जित्ने, कसैले हार्ने होइन सबै नेपालीले जित्ने व्यवस्था स्थापित गरौं।’

प्रकाशित: Jul 06, 2020| 15:37 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।