बुधबार, चैत ११, २०८२

कक्षा ११ को परीक्षा विद्यालयले नै लिने

कक्षा ११ को वार्षिक परीक्षाको जिम्मेवारी सम्बन्धित विद्यालयलाई नै दिइने भएको छ।
 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

काठमाडौं– कक्षा ११ को वार्षिक परीक्षाको जिम्मेवारी सम्बन्धित विद्यालयलाई नै दिइने भएको छ।

National life

राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम खुड्किलो कक्षा १२ को मात्रै परीक्षा लिनेछ।

शिक्षा मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्ड, पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्का पदाधिकारीको बैठकले यससम्बन्धी कार्यविधि निर्माण गरेका हुन्।
बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलका अनुसार १ देखि ९ कक्षामा जस्तै कक्षा ११ मा पनि विद्यालयले वार्षिक परीक्षा लिनेछ।

तल्लो कक्षामा जस्तै ११ मा सन्तोषजनक नतिजा नल्याएका विद्यार्थीलाई विद्यालयले कक्षा १२ मा पढ्न अनुमति नदिनसमेत सक्छ। यससम्बन्धी कार्यविधि छिट्टै सार्वजनिक गरिने तयारी गरिएको छ।

यसअघि भने कक्षा ११ को अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिँदै आएको थियो। विद्यार्थीमा कक्षा ११ मा सबै विषयमा अनुत्तीर्ण भए पनि कक्षा १२ मा नियमित रुपमा पढ्न पाउँथे भने १२ को अन्तिम परीक्षामा पनि सहभागी हुन पाउँथे।

Laxmi sunrise bank
kumari

११ कक्षाको अन्तिम परीक्षाको फाराम ५ लाख २९ हजार २९५ विद्यार्थीले भरेका छन्। यीमध्ये नियमिततर्फ ३ लाख ६५ हजार ८५६ ले र गे्रडवृद्धितर्फ १ लाख ६२ हजार ४३९ ले फाराम भरेका थिए। यी विद्यार्थीको परीक्षा बोर्डले लिने छैन।

कोरोना भाइरस संक्रमण जोखिमका कारण चैत र वैशाखमा हुने कक्षा १२ र ११ को परीक्षा रोकिएको थियो।

१२ को परीक्षा भने मुलुकका सबै विद्यालयमा रहेका क्वारेन्टिन हटाइएपछि सुरक्षा प्रबन्ध अपनाएर लिइने अध्यक्ष पौडेलले जानकारी दिए।
परीक्षा लिनुभन्दा कम्तिमा एक महिनाअघि विद्यार्थीलाई जानकारी दिइनेछ।

कोरोना भाइरस संक्रमण जोखिमका कारण परीक्षा लिन नसकिएपछि कक्षा माध्यमिक शिक्षा परीक्षा (एसईई) भने नलिइने निर्णय बोर्डले गरिसकेको छ। एसईईको नतिजा सम्बन्धित विद्यालयले दिने ग्रेडकै आधारमा प्रकाशन गर्ने तयारीमा बोर्ड रहेको छ।

प्रकाशित: Jul 06, 2020| 14:01 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्