मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वैदेशिक रोजगारीको ठगीमा संलग्न नै प्रवर्द्धन बोर्डमा नियुक्त

वैदेशिक रोजगारीको ठगीमा संलग्न नै प्रवर्द्धन बोर्डमा नियुक्त

वैदेशिक रोजगारीका नाममा युवालाई ठगी गर्ने नै वैदेशिक रोजगार बोर्डको विज्ञ सदस्यमा नियुक्त भएका छन्।
 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

वैदेशिक रोजगारीका नाममा युवालाई ठगी गर्ने नै वैदेशिक रोजगार बोर्डको विज्ञ सदस्यमा नियुक्त भएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले दुई जना विवादित व्यक्तिलाई बोर्डको सदस्यमा नियुक्त गरेका छन्।

बोर्ड सदस्यमा नियुक्त हुनेमा वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष तथा एसओएस म्यानपावर सर्भिसका सञ्चालक हेमराज गुरुङ र नेपाली स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्का छन्।

खड्का वैदेशिक रोजगार विशेषज्ञको कोटाबाट मनोनयन भएका हुन् भने गुरूङ तालिम सेवा प्रदायकका तर्फबाट मनोनित भएका हुन्।

युवाहरुलाई ठगी गरेको विषयमा गुरुङ र खड्का पटक–पटक विवादमा मुछिँदै आएका व्यवसायी हुन्। गुरुङ सञ्चालक रहेको एसओएस म्यानपावरले सयौं कामदारलाई ठगेको उजुरी वैदेशिक रोजगार विभागमा छ।

वैदेशिक रोजगारीका नाममा युवालाई ठगी गर्ने ७५३ वटा म्यानपावरमध्ये एसओएस पहिलो नम्बरमा पर्छ।

त्यस्तै स्वास्थ्य व्यवसायी खड्का तत्कालीन श्रममन्त्री गोकर्ण विष्टको पालामा मलेसिया जाने कामदारमाथि ठगेको आरोप लागेका व्यक्ति हुन्।

स्वास्थ्य संस्थाहरुले खड्कालाई ‘सिन्डिकेटधारी’ भन्ने गरेका छन्। श्रम मन्त्रालयले एक वर्षअघि मात्रै खड्कालाई मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणसहित भिसा प्रक्रियाका लागि खडा गरिएको बायोमेट्रिक प्रणाली भित्र्याउन मुख्य भूमिका खेलेको जनाएको थियो।

यो प्रणालीमार्फत् मलेसिया जाने कामदारबाट विभिन्न नाममा १८ हजार रुपैयाँ थप शुल्क लिने गरिएको थियो।

मलेसिया जाने श्रमिकलाई राज्य संयन्त्र नै प्रयोग गरेर सिन्डिकेट गरेर ठगी गरेको अभियोगमा तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले उनीमाथि कारवाही चलाएका थिए ।

गृह मन्त्रालयले ठगीको आरोपमा मुद्दा चलाएर खड्का लामो समय ‘फरार’को सूचीमा थिए। पछि सरकारको दाबी प्रमाणित नभएको भन्दै उनीहरुले सफाइ पाएका थिए।

 

प्रकाशित: Jul 06, 2020| 13:38 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।