मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बैंक अफ काठमाण्डूका ग्राहकलाई बीमा दाबी रकम भुक्तानी

बैंक अफ काठमाण्डूका ग्राहकलाई बीमा दाबी रकम भुक्तानी

बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ रु. ११ लाखसम्मको बीमा सुबिधा उपलब्ध गराउँदै आइरहेको छ ।
 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ रु. ११ लाखसम्मको बीमा सुबिधा उपलब्ध गराउँदै आइरहेको छ ।

बीमा सुबिधा अन्तर्गत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तका लागि रु. पाँच लाख, १८ घातक रोगहरुको लागि रु. पाँच लाख तथा औषधी उपचारको लागि रु. एक लाखको बीमा सुविधा रहेको छ ।

यस खातामा रहेका सुविधाहरुको लाभ लिन शुभद्रा श्रेष्ठले बैंक अफ काठमाण्डू लिमिटेडको साँखु शाखामा बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आइरहेको र श्रेष्ठले आफ्नो उपचारको लागि अस्पतालबाट बहिरंग सेवा लिएको बैंकले जनाएको छ ।

बैंकको उक्त मुद्दती खाता खोली बंैकिङ्ग कारोबार गर्दै आएकी श्रेष्ठले औषधी उपचारको लागत खर्च बापत नियम बमोजिम भुक्तानी पाएकी हुन्।
बैंकले सफलता मुद्दती खातामा रहेको बीमा सुविधा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रकाशित: Jul 06, 2020| 12:58 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्