मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आँपको लोभ देखाएर बालिकाको बलात्कारपछि हत्या, भारतिय नागरिक पक्राउ

आँपको लोभ देखाएर बालिकाको बलात्कारपछि हत्या, भारतिय नागरिक पक्राउ

केही दिन पहिले नदी किनारमा मृत भेटिएकी ११ वर्षीया बालिकाको भारतिय नागरिकले बलात्कारपछि हत्या गरेको खुलेको छ।
 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

जनकपुर- केही दिन पहिले नदी किनारमा मृत भेटिएकी ११ वर्षीया बालिकाको भारतिय नागरिकले बलात्कारपछि हत्या गरेको खुलेको छ।

भैँसी चराउन जाँदा वेपत्ता भएकी जनकपुरधाम उपमहानगरपालिका–२१ का विनोद पञ्जियारकी ११ वर्षीया छोरी कञ्चन कुमारी पञ्जियारको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ।

बलात्कारपछि हत्या गरेको अभियोगमा भारत उत्तर प्रदेश राज्यको काकोरीग्राम पञ्चायत–११ का ३२ वर्षीय दिपु सिंहलाई प्रहरीले पक्राउ गरेको छ।

धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले चौधरी र मिश्र इण्डस्ट्रिजमा चार/पाँच महिना अघि काम गर्न आएका सिंहले इण्डस्ट्रिजमा आँप टिप्न आउँदा कञ्चनलाई आँप दिन्छु भनि प्रलोभन देखाई बगैँचाको एकान्त कुनामा लगेर बलात्कारपछि हत्या गरेको बताए।

हत्यापछि उनले शवलाई सोही ठाउँमा लुकाई भोलिपल्ट बिहान आफूले प्रयोग गर्दै आएको ब्ल्याङ्केटमा बेरेर दुधमति नदी नजिकको झाडीमा फालेको प्रहरी समक्ष स्वीकार गरेको बस्नेतले जानकारी दिए।

१७ गते भैँसी चराउन आँपको बगैँचा पुगेकी कञ्चन बेपत्ता बनेकी थिइन्। त्यसको दुई दिनपछि दुधमति नदी छेउमा उनको शव अर्धनग्न अवस्थामा फेला परेको थियो।

धनुषा प्रहरीले घटना भएकै दिन सोही वडाबाट श्मशान घाटमा बस्ने अघोरी बाबा र दुई जना अन्य नाम नखुलेका युवाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो।

प्रकाशित: Jul 06, 2020| 12:04 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।