मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २३९ वैज्ञानिकको दाबी : हावाबाट पनि कोरोना फैलिएको प्रमाण भेटियो

२३९ वैज्ञानिकको दाबी : हावाबाट पनि कोरोना फैलिएको प्रमाण भेटियो

महामारीको रुप लिएको कोरोना भाइरस हावाबाट समेत फैलिएको वैज्ञानिकहरुले दाबी गरेका छन् ।
 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

महामारीको रुप लिएको कोरोना भाइरस हावाबाट समेत फैलिएको वैज्ञानिकहरुले दाबी गरेका छन् ।

द न्युयोर्क टाइम्स पत्रिकाका अनुसार ३२ देशका २३९ वैज्ञानिकहरुले गरेको अनुसन्धानले कोरोना हावाबाट समेत फैलिएको प्रमाण भेटिएको दाबी गरेका छन् ।

ति वैज्ञानिकहरुले हावामा उड्ने सानो कणमा रहेको कोरोना भाइरसले पनि मानिसलाई संक्रमित बनाएको प्रमाण भेटेको दाबी गरेका हुन्।

संक्रमितले हाच्छिउँ गर्दा हावामा टाढासम्म उछिट्टिने सानो वा ठूलो थुकका छिटा त्यो एउटा कोठामा जहाँसम्म फैलिन सक्छ, त्यहाँ बस्ने सबैलाई संक्रमित गराउने क्षमता राख्ने उनीहरुको दाबी छ ।

वैज्ञानिकहरुको समुहले यो दाबीसहित विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई कोरोना भाइरससम्बन्धी मार्गनिर्देश परिमार्जन गर्न माग गरेका छन्। उनीहरुले खुला पत्र लेखेर यसको प्रमाण पेस गरेका छन् ।

तर डब्लूएचओले उनीहरूले पेस गरेको प्रमाण पर्याप्त नरहेको बताएको छ।

डब्लूएचओका डाक्टर बेनेडाटा अलेन्ग्रान्जीले न्युयोर्क टाइम्सँग भनेका छन्, ‘खासगरी पछिल्लो २ महिनामा हामीले कैयौंपटक यसबारे विचार गर्यौं कि हावाका माध्यमबाट कोरोना सर्न सक्छ कि भनेर तर यसलाई पुष्टि गर्ने कुनै ठोस प्रमाण पाएनौं।’

डब्लूएचओका अनुसार संक्रमित व्यक्तिले हाच्छिउँ गर्दा वा बोल्दा मुखबाट निकाल्ने थुकको छिटा अर्काे व्यक्तिलाई पर्यो भने मात्र उसलाई कोरोना भाइरस सर्छ।

प्रकाशित: Jul 06, 2020| 11:12 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।