मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ठेकेदारकाे लापरबाहीविरुद्ध हरिसिद्धि–गोदावरी सडक अवरुद्ध

ठेकेदारकाे लापरबाहीविरुद्ध हरिसिद्धि–गोदावरी सडक अवरुद्ध

 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

काठमाडौं- सडक मर्मत सुधारको माग गर्दै स्थानीय बासिन्दाले सोमबार बिहानैदेखि हरिसिद्धि–गोदावरी सडक अवरुद्ध पारेका छन्।

पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुँदा सडकमा आवागमनमा निकै कठिन भएकाले सडक अवरुद्ध गर्नुपरेको गोदावरी नगरपालिकाका मेयर श्री गजेन्द्र महर्जनले बताए।

उनका अनुसार जति पहल गर्दा पनि ठेकेदारले अटेर गरेपछि स्थानीय बासिन्दा विरोधमा उत्रिएका हुन्। उनले भने, ‘ठेकेदारका गम्भीर लापरबाहीका कारण समयमै बाटो मर्मत नहुँदा स्थानीयले निकै सास्ती पाएका छन्।’

तत्काल बाटो मर्मत हुने विश्वासिलो प्रतिबद्धता नआएसम्म खुल्न नदिइने मेयर महर्जनले बताए।

बाटो खुलाउन जनप्रतिनिधि, प्रहरी र स्थानीयबीच कुराकानी भइरहेको प्रहरीले जनाएको छ।

मेयर महर्जनका अनुसार यो सडकको मर्मत सुधारको ठेक्का गुरु अधिकारीले लिएका छन्। जनप्रतिनिधिलाई समेत अटेर गरेपछि विरोधमा उत्रिएको उनको भनाइ छ।

प्रकाशित: Jul 06, 2020| 11:15 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।