मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शुक्रबारदेखि देशैभर भीषण वर्षा हुने, बाढी र डुवानकाे खतरा उच्च

शुक्रबारदेखि देशैभर भीषण वर्षा हुने, बाढी र डुवानकाे खतरा उच्च

मनसुन सक्रिय भएसँगै आगामी शुक्रबार अर्थात असार २६ गतेबाट देशैभर भीषण वर्षा हुने भएको छ ।
 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

काठमाडौं- मनसुन सक्रिय भएसँगै आगामी शुक्रबार अर्थात असार २६ गतेबाट देशैभर भीषण वर्षा हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार मनसुनको न्यून चापीय रेखा नेपालनजिकै आइपुग्ने भएकाले देशभर ठूलो वर्षाको सम्भावना देखिएको हो। २६ गतेदेखि २९ गतेसम्म लगातार वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

वर्षासँगै देशका अधिकांश नदीहरुमा बाढी आउने सम्भावना रहेकाले सर्तक रहन बाढी पूर्वानुमान महाशाखाले अपिल गरेको छ। बाढी सतर्कताको तह पार गरी खतराको तह नजिक पुग्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।

बाढीबाट प्रदेश १ र २ को तराई भूभागमा बढी जोखिम हुने महाशाखाले पूर्वानुमान गरेको छ। त्यसैले ती क्षेत्रमा पूर्वतयारीमा जुट्न महाशाखाले भनेको छ। काठमाडौं उपत्यका पनि डुवानको जोखिममा रहेकाले सतर्क हुन महाशाखाले अपिल गरेको छ।

प्रकाशित: Jul 06, 2020| 10:29 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।