मंगलबार, भदौ ९, २०८३

कोरोना संक्रमित भेटिएपछि ललितपुरको चापागाउँ सिल

गोदावरी नगरपालिकाले वडा नम्बर १० र ११ का सम्पूर्ण बजार, पसल आज दिउँसो १२ बजेदेखि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ।
 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

गोदावरी नगरपालिकाले वडा नम्बर १० र ११ का सम्पूर्ण बजार, पसल आज दिउँसो १२ बजेदेखि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ।

गोदावरी–११ चापागाउँमा कोरोना संक्रमित भेटिएकाले नागरिकहरुको सुरक्षाका लागि सो क्षेत्र सिल गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

कोरोना संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको पीसीआर परीक्षण भइरहेकोले रिपोर्ट नआउन्जेल बजार सिल गरिएको नगरपालिकाले सूचित गरेको छ।

अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन पनि नगरवासीलाई गोदावरी नगरपालिकाले आग्रह गरेको छ।

प्रकाशित: Jul 06, 2020| 09:50 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।