सत्तारुढ दल नेकपाको आजका लागि तय भएको स्थायी कमिटी बैठक स्थगित भएको छ।
बैठक २४ असारसम्मका लागि स्थगित भएको नेकपा नेता सूर्य थापाले जनाएका छन्।
असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको राजीनामा माग चर्किएको छ ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतका नेताहरुले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।
