सोमबार, असार २९, २०८३

गोल नगरे पनि बार्सिलोना मेस्सीमै निर्भर, यो सिजनमा १९ एसिस्ट

एजेन्सी– ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले भिल्ला रियलमाथि ४–१ गोलको सहज जित निकालेको छ। भिल्लाको एल मड्गिल रंगशालामा सम्पन्न खेलमा बार्सिलोनाले जित हात पारेको हो।
 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

एजेन्सी– ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले भिल्ला रियलमाथि ४–१ गोलको सहज जित निकालेको छ। भिल्लाको एल मड्गिल रंगशालामा सम्पन्न खेलमा बार्सिलोनाले जित हात पारेको हो।

जितका लागि लुइस स्वारेज, एन्टोनी ग्रिजम्यान र अन्सु फातिले एक–एक गोल गरे भने भिल्लाका पाउ टोरेसले आत्मघाती गोल गरेर बार्सिलोनाले गोल उपहार पायो।

खेलको तेस्रो मिनेटमै भिल्लाका टोरेसले आत्मघाती गोल गरेर बार्सिलोनालाई गोल उपहार दिए। त्यस्तै २० औं मिनेटमा स्वारेजले लियोनेल मेस्सीको पासमा गोल गर्दै क्लबको अग्रतालाई दोब्बर पारे। पहिलो हाफको अन्तिम मिनेटमा मेस्सीकै पासमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनाको खातामा तीन गोल पुर्याए।

यसबीच खेलको १४ औं मिनेटमा भिल्लाका गेरार्ड मारेनोले गोल गरे। गोलसँगै भिल्ला खेलमा फर्कन चाहे पनि फर्कन सकेन। र, ३–१ गोलअन्तरमा पहिलो हाफ सकियो।

दोस्रो हाफमा पनि बार्सिलोनाले एक गोल गर्यो। ८७ औं मिनेटमा अन्सु फातिले जोर्डी अल्वाको पासमा गोल गरेसँगै पाहुना टिमको जित ४–१ मा लम्बियो।

जितसँगै बार्सिलोनाले शीर्षस्थानको रियल मड्रिडसँग अंकदुरी घटाएको छ। रियलको ७७ अंक हुँदा बार्सिलोनाको ७३ अंक छ। ४ खेल बाँकी रहेको लिगमा रियलले ३ खेलमा जित निकाले उपाधि जित्नेछ। यता बार्सिलोनाको उपाधि सम्भावना भने रियलको हार वा बराबरीमा निर्भर रहने छ।

गएरातिको खेलमा २ एसिस्ट गरेसँगै उनले जारी सिजनमा १९ पास उपलब्ध गराएका छन्। उनले यो सन् २०१०–११ को एसिस्ट संख्यासँग बराबरी गरेका हुन्। यो अरु खेलाडीले गरेका एसिस्टभन्दा धेरै हो।

तर उनले गएरातिको खेलमा गोल गर्न सकेनन्। उनले गरेको गोल रेफ्रीले आफसाइड भने त्यस्तै खेलको अन्तिममा प्रहार गरेको फ्रि किक पनि बारमा लागेपछि मेस्सीले गएरातिको खेलमा गोल गर्न नसकेको हुन्।

यता खेलमा पराजय भोगेको भिल्ला रियल भने ५४ अंकका साथ लिगको पाँचौ स्थानमा छ।

त्यस्तै गएराति सम्पन्न अन्य खेलहरुमा ओसासुनाले घरलु मैदानमा गेटाफेसँग गोरहित बराबरी खेलेको छ। एस्पानोयलले घरेलु मैदानमा लेगानेससँग १–० गोल अन्तरको हार बेहोरेको छ।

ला लिगामा आजका खेलः
लेभान्टे र रियल सोसिडाड, राति सवा ११ बजे
सेभिल्ला र आइबर, राति पौने २ बजे

प्रकाशित: Jul 06, 2020| 07:47 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।