शुक्रबार, फागुन २९, २०८२

एयर फ्रान्सले साढे ७ हजार कर्मचारी कटौती गर्ने

कोरोना भाइरसका कारण उड्डयन क्षेत्रमा मन्दी छाएपछि फ्रान्सको राष्ट्रिय ध्वजावाहक एयर फ्रान्सले आफ्नो कम्पनीमा कार्यरत ७ हजार ५०० कामदार हटाउने निर्णय गरेको छ।
 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

कोरोना भाइरसका कारण उड्डयन क्षेत्रमा मन्दी छाएपछि फ्रान्सको राष्ट्रिय ध्वजावाहक एयर फ्रान्सले आफ्नो कम्पनीमा कार्यरत ७ हजार ५०० कामदार हटाउने निर्णय गरेको छ।

National life

कोरोना भाइरसका कारण एयर फ्रान्सले आफ्ना उडानमा विगत तीन महिनाभित्र करिब ९५ प्रतिशतले कमी आएको जनाएको छ। कम्पनीले प्रतिदिन एक करोड ५० लाख युरो गुमाउनु परेको छ ।

समाचार संस्था एपीका अनुसार कम्पनीले यस्तो घोषणा गरेपछि एयर फ्रान्सको मुख्यालयमा ट्रेड युनियनले विरोध प्रदर्शन गरेका छन्। फ्रान्स सरकारले गत मेमा ल्याएको आर्थिक सहायता कार्यक्रमबाट एयर फ्रान्सले करिब ८ अर्ब डलर सरकारी कोष प्राप्त गरे पनि मजदुर निकाल्ने निर्णय गरेको भन्दै मजदुर युनियन आक्रोशित भएका हुन्।

मजदुर युनियनले एयर फ्रान्सको निर्णयले फ्रान्सेली अर्थतन्त्रमै असर पार्ने चेतावनी दिएका छन्।

फ्रान्समै रहेको युरोपेली विमान निर्माता कम्पनी एयरबसले पनि कम्पनी बचाउन करिब १५ हजार कर्मचारी हटाउने घोषणा गरेको छ।

Laxmi sunrise bank
kumari

कोरोना महामारीका कारण विश्वभर यस वर्ष एयरलाइन्स कम्पनीहरुले करिब ८४ अर्ब डलर नोक्सानी व्यहोर्ने रिपोर्टहरु सार्वजनिक भएका छन्। कतिपय विमान कम्पनी बन्द हुने क्रममा छन्। विश्वको एयरलाइन्स व्यवसाय लयमा फर्किन केही वर्ष लाग्ने बताइएको छ।

 

प्रकाशित: Jul 06, 2020| 06:27 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।